१३ जूनः राजबारी युथको आयोजनमा तीनधारेमा जारी ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार अन्तिम दुईवटा क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय मिठाई डाँड़ा खेल मैदानमा भएको दिनको पहिलो म्याचमा सिलगढ़ीको ब्राइट स्पोर्टिंग क्लबले नक्सल एफसीलाई ४-१-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा राजबारी टीम इलेभेनले युनाइटेड फ्रेण्ड्स डीजीसी-लाई ५-०-ले पिट्यो। अब पहिलो सेमिफाइनलमा ब्राइट स्पोर्टिंग क्लबले एलजीएससी खप्रेलको चुनौती स्वीकार्नेछ भने दोस्रो सेमिफाइनल राजबारी टीम इलेभेन र २ नम्बर बस्तीबीच खेलिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १६ र १७ जूनमा हुनेछ। फाइनल म्याच १९ जूनमा खेलिनेछ।