केन्द्रीय गृहमन्त्री अमित शाहले बङ्गालको भाजपालाई दिए ३५ सिट जित्ने लक्ष्य

केन्द्रीय गृहमन्त्री अमित शाहl फाइल फोटो

कोलकाता: केन्द्रीय गृहमन्त्री अमित शाहले बङ्गालको भाजपालाई सन् २०२४ को लोकसभा चुनावमा ४२ लोकसभा सीटहरू मध्ये ३५ जित्ने लक्ष्य दिएका छन्। वीरभूमको सिउरीमा भएको भेलालाई सम्बोधन गर्दै अमित शाहले बङ्गालबाट भाजपालाई ३५ सिट जिताएर प्रधानमन्त्री नरेन्द्र मोदीलाई फेरि प्रधानमन्त्री बनाउने बताएका छन्। गत लोकसभा चुनावमा भाजपाले बङ्गालबाट पहिलो पटक १८ सिट जितेको थियो। त्यसपछि मुख्यमन्त्री ममता ब्यानर्जीको सरकारलाई कडा चुनौती दिइन्। सन् २०२१ को विधानसभा चुनावमा भाजपाले राज्यको २९४ सिटमध्ये ७७ सिट मात्र जित्न सकेको थियो। अब फेरि गृहमन्त्री अमित शाहले सन् २०२४ मा बङ्गालबाट भाजपाका उम्मेदवारले ३५ सिट जिते भने मुख्यमन्त्री ममता ब्यानर्जी सन् २०२५ अघि नै पराजित हुने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement