खरसाङ क्षेत्रका वरिष्ठ गायक -संगीतकारहरूलाई सम्बर्ध्दना जनाइने

IMG-20230414-WA0345.jpg

खरसाङ: नेपाली नयाँ वर्षको अवसरमा खरसाङमा शुरु भएको तीन दिवसीय सांगीतिक र सांस्कृतिक कार्यक्रममा खरसाङ क्षेत्रका वरिष्ठ गायक संगीतकारहरूलाई सम्बर्ध्दना जनाउने पनि कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ। आजदेखि शुरु भएको तीन दिवसीय कार्यक्रम अन्तर्गत दोस्रो दिन भोलि १५ अप्रेलको दिन साँझ ५ बजेदेखि खरसाङको संयुक्त कलाकार संघका कलाकारहरूले सांगीतिक प्रस्तुतिहरू दिने भएको छ। उक्त कार्यक्रमको अवधि नै खरसाङ क्षेत्रका वरिष्ठ संगीतकार र गायकहरूलाई सम्बर्ध्दना जनाइने कार्यक्रम रहेको नयाँ वर्ष समारोह समितिको संगीत क्षेत्रका संयोजक वरिष्ठ संगीतकार महेश्वर लामाले जानकारी गराएका छन्। उनले बताए अनुसार भोलि १५ अप्रेलको दिन हुने कार्यक्रममा नै खरसाङको वरिष्ठ लोक गायक तथा संगीतकार मानसिहं मोक्तान अनि खरसाङको सिपाहीधुरा निवासी वयोवृद्ध संगीत साधकलाई पनि सम्बर्ध्दना जनाउने कार्यक्रम रहेको छ। त्यसरी नै अन्तर्राष्ट्रीय ख्यातिप्राप्त युनालप्रतिभाशली गायक एंव खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङको सुपुत्र अभिषेक गुरुङलाई सम्बर्ध्दना जनाइने कार्यक्रम रहेको छ। यसै कार्यक्रममा मरोणापान्त सम्बर्ध्दना खरसाङका प्रतिशाली गायक कल्याण माझीलाई सम्बर्ध्दना जनाउने भएको छ। यसको लागि उनको परिवारलाई बोलाएर सम्बर्ध्दना जनाउने कार्यक्रम रहेको पनि संगीत संयोजक महेश्वर लामाले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement