घैयाबारीमा डा. भीमराव अम्बेडकरको जन्म जयन्ती र पहिलो वैशाख पालन

IMG-20230414-WA0337.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारीमा डा. भीमराव अम्बेडकरको १३२औं जन्म जयन्ती पालन गरिएको छ। अखिल भारतीय नेपाली अनुसूचित जाति संघ घैयाबारी शाखाद्वारा अम्बेडकर जयन्ती साथै पहिलो वैशाख पालन गरिएको छ। उक्त कार्यक्रमको अध्यक्षता प्रसाद शंकरले गरेका थिए भने सञ्चालन बिपन विश्वकर्माले गरेका थिए। कार्यक्रममा नेपाली अनुसूचित जाति घैयाबारी शाखाका सभापति मणिकुमार खाती, सचिव रुपेस गदाल लगायत सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत सम्भाषण सचिव रुपेस गदालले गरेका थिए भने उप सभापति राजेन लोहार डा भीमराव अम्बेडकर र पहिलो वैशाख विषयमा वक्तव्य राखेका थिए। यसरी नै कार्यक्रममा नृत्य, कविता वचन, गीत गायन आदिको कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। यसै कार्यक्रममा घैयाबारीको संजोक खातीलाई अनुसुचित जाति विषयमाथि पुस्तक प्रकाशित गरेकोमा संजोक खातीलाई अखिल भारतीय नेपाली अनुसूचित जाति संघ घैयाबारी शाखाको तर्फबाट सम्बर्ध्दना पनि जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement