खरसाङ: एनएफ रेलवे कर्मचारी युनियन खरसाङ शाखाले आज युनियन कार्यालय खरसाङमा भारत रत्न डा0 बीआर अम्बेडकरको १३२औँ जन्मजयन्ती मनायो। यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा मिङ्मा शेर्पा, स्टेशन सुपरिटेन्डेन्ट, खरसाङ थिए भने विशिष्ट अतिथिको रूपमा संगम खाती, स्टेशन मास्टर, महानदी उपस्थित थिए। युनियनका शाखा सचिव विशाल मुखियाले सञ्चालन गरेको कार्यक्रमलाई खरसाङ शाखा अध्यक्ष डिमु लेप्चा लामाले अध्यक्षता गरेकी थिइन्।

कार्यक्रममा बाबा साहबको जीवन र योगदानका बारेमा आजका मुख्य अनि प्रमुख अतिथिहरूले आ-आफ्नो मन्तव्य राखे औ उनीहरूको बाहुलीबाट डा0 अम्बेडकरको तस्वीरमा धूप-दीप प्रज्वलन तथा मलयार्पण आदि गरियो भनी युनियनकी अध्यक्ष डिमु लेप्चा लामाले जानकारी दिएकी छन्।









