आजदेखि खरसाङमा तीन दिनव्यापी नेपाली नयाँ वर्ष समारोह शुरु

IMG-20230414-WA0263.jpg

जीटीए प्रमुख कार्यपाल अनित थापाद्वारा तीन दिवसीय कार्यक्रमको उदघाटन

खरसाङ: नेपाली नयाँ वर्ष २०८० को अवसरमा खरसाङमा तीन दिनव्यापी नेपाली सांस्कृतिक र सांगीतिक कार्यक्रम शुरु भएको छ। नेपाली नयाँ वर्षको अवसरमा सम्पन्न भईरहेको कार्यक्रम आगामी १६ अप्रेलसम्म मन्टिभियट खेल मैदानमा हुने भएको छ। पहिलो दिनको कार्यक्रम अन्तर्गत खरसाङको बस टर्मिनलदेखि सांस्कृतिक शोभा यात्रा शुरु भएर खरसाङ बजार परिक्रमा गरी मन्टिभियट खेल मैदानमा पुगेर भव्य कार्यक्रममा परिणत भएको थियो। मन्टिभियट खेल मैदानमा आयोजित तीन दिवसीय कार्यक्रमको शुरुमा पण्डित तुलसीप्रसाद अधिकारीरूद्वारा पूजा अर्चना गरेपछि थालिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। विशिष्ट अतिथिको रुपमा जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान लगायात कार्यकारी सभासदहरू रतन थापा, अनोश थापा, कल्पना प्रधान उपस्थित रहेका थिए भने अतिथिको रुपमा सभासदहरू क्रमैले श्याम शेर्पा, नुरी शेर्पा, नवराज छेत्री, परेस तिर्की, प्रणाम रसाइली लगायत भागोप्रमो पार्टीका पदाधिकारीहरू र खरसाङको विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए। कार्यक्रममा विश्व शान्तिको लागि पूजा अर्चना गर्दै जोड़ी परेवा र बलुनहरू उड़ाइयो। उक्त परेवाहरू वरिष्ठ व्यक्तिहरू जीबी बल र तिलक शर्माको बाहुलीबाट उड़ाइएको छ। खरसाङमा सम्पन्न तीन दिवसीय नेपाली नयाँ वर्ष कार्यक्रम र विभिन्न जातीय खानपानहरूका स्टलहरू शुरुवात गरिएको घोषणा प्रमुख अतिथि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले गरेका थिए। यसावधि उनले आफ्नो छोटो सम्बोधनमा गोर्खा नयाँ वर्षको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका थिए भने तीन दिवसीय नेपाली नयाँ वर्ष समारोह अनि कार्यक्रममा राखिएको विभिन्न जातीय खानपानहरूका स्टलहरू पनि उदघाटन गरिएको घोषणा गरेका थिए। गोमा युब्बाले गोमा सुब्बाद्वारा सञ्चालित गरिएको कार्यक्रममा आयोजक समितिको सचिव प्रनिता तामाङ घिसिङले स्वागत सम्भाषण राखेका थिए।

कार्यक्रममा गोर्खा सांस्कृतिक संस्थान खरसाङको टोलीद्वारा उदबोधन गीत प्रस्तुत गरेका थिए भने खरसाङका वरिष्ठ कलाकारहरू, सिटोङका कलाकारहरू, मकैबारी लिम्बु समाज, नेवार गुठी खरसाङ, थर्बु उच्चत्तर माध्यमिक विद्यालय, लेप्चा एसोसिएशन खरसाङ, ग्राम सुधार समिति सिंगेल, कफिबारी, तामाङ बौध्द संघ लगायत सूचना अनि सांस्कृतिक विभाग खरसाङको टिमद्वारा विभिन्न सांगीतिक कार्यक्रम लगायत मादले गीत, लाखे नाच, खुकुरी नृत्य, लेप्चा नृत्य, डम्फु नृत्य आदि प्रस्तुत गरिएको थियो। मन्टिभियट खेल मैदानमा आयोजित तीन दिवसीय नेपाली नयाँ वर्ष समारोहमा राखिएको विभिन्न जातीय खानपानहरूका स्टलहरू प्रमुख अतिथि जीटीए चिफ् अनित थापा र विशिष्ट अतिथिहरूद्वारा निरीक्षण गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement