नेपाली नयाँ वर्षको अवसरमा खरसाङमा विराट् सांस्कृतिक शोभा यात्रा आजोजित

IMG-20230414-WA0260.jpg

खरसाङ: आजदेखि खरसाङमा तीन दिनव्यापी नेपाली नयाँ वर्ष समारोह शुरु भएको छ। गोर्खा सांस्कृतिक संस्थान खरसाङ र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको संयुक्त आयोजनामा आयोजित तीन दिवसीय नेपाली नयाँ वर्ष समारोह अन्तर्गत आज पहिलो वैशाखको दिन विराट् सांस्कृतिक शोभा यात्रा आयोजना गरिएको छ। उक्त शोभा यात्रा खरसाङको बस टर्मिनलदेखि शुरु भएर खरसाङ शहरको वर्ध्दवान रोड हुँदै खरसाङ मोटर स्ट्याण्डमा हिल कार्ट रोड गएर पार्क लोकेशनबाट मन्टिभियट खेल मैदानसम्म आयोजना गरिएको थियो। उक्त सांस्कृतिक शोभा यात्रामा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा विशेष रूपमा उपस्थित रहेका थिए। उनीसितै जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, बिन्नी शर्मा, कार्यकारी सभासदहरू रतन थापा, कल्पना प्रधान, अनोश थापा लगायत सभासदहरू क्रमैले श्याम शेर्पा, नवराज छेत्री, नुरी शेर्पा, परेश तिर्की, प्रणाम रसाइली लगायत भागोप्रमोको पदाधिकारीहरू र खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू र विभिन्न विद्यालयहरूका विद्यार्थीहरू उपस्थित रहेका थिए। नौबाजी बाजाको साथमा विभिन्न जात गोष्ठीको सांस्कृतिक बाजाहरू र जातीय पोशाकमा सजिएर मानिसहरूले उक्त विशाल सांस्कृतिक शोभा यात्रामा सहभागिता जनाएका थिए। उक्त सांस्कृतिक शोभा यात्रा खरसाङको मन्टिभियट खेल मैदानमा पुगेर भव्य कार्यक्रममा परिणत भएको छ। यस सांस्कृतिक शोभा यात्रा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा सांस्कृतिक संस्थान खरसाङको अध्यक्षा एंव नयाँ वर्ष समारोह समितिको संयोजक आशा मुखिया लामाले विस्तृत रुपमा जानकारी गराएका छन्

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement