कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीको महत्वाकांक्षी दुआरे सरकार क्याम्पमा मानिसहरूलाई सरकारी योजनाहरूको पूरा लाभ प्राप्त भईरहेछ। सचिवालय सूत्रहरू अनुसार, राज्यभरिमा लागेका शिविरहरूमा जतिपनि कन्याश्री योजनाहरूको निम्ति आवेदन हालियो, त्यसमध्ये ९६ प्रतिशतको क्रियान्वयन गरिएको छ अर्थात् आवेदन गर्नेहरूलाई योजनाको लाभ प्राप्त भईसकको छ। अहिले सरकारले योजनाको छेठौं संस्करण चलाईरहेछ, जसमा पूरा राज्यमा २४ हजार ४१४ शिविर आयोजित गरिएको छ। शिविरहरूमा १.८ लाख आगन्तुकले आवेदन गरिसकेका छन्। एक प्रेस विज्ञप्तीमा भनिएको छ, ४७.२ लाख आवेदन आएको छ र यसमध्ये ३५.९ लाख सेवाहरू प्रदान गरिएको छ। लक्ष्मी भण्डारको निम्ति ९.९ लाख आवेदन आयो र ७.९ लाख सेवाहरू प्रदान गरियो। स्वास्थ्य साथीको निम्ति ४.५ लाख आवेदन आयो र ३.४ लाख सेवा प्रदान गरियो। कन्याश्रीको निम्ति १.५९ लाख आवेदनमध्ये १.५२ सेवालाई अनुमति दिइएको छ, जुन ९६ प्रतिशत छ। दुआरे सरकारका यी शिविर ३० अप्रेलसम्म आयोजित गरिनेछ।









