सिलगढीमा बिवाहित महिलाद्वारा झुन्डिएर आत्महत्या

suicide-Hangingi1.jpg

सिलगढी: सिलगढीको सुकान्तपल्ली इलाकामा झुन्डिएको अवस्थामा महिलाको शव उद्धार भएको छ। मृतक महिला प्रियङ्का मित्रको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार प्रियङ्का दासको शुभम मित्र नाम गरेको एकजना युवकसित प्रेम सम्बन्ध भएपछि तिनले यसबारे परिवारका सदस्यहरूलाई जनाए। तर प्रियङ्काको परिवारका सदस्यहरूले तिनीहरूको सम्बन्ध अस्वीकार गरेपछि तिनले शुभमसित भागेर बिहे गरेकी थिइन्। आज बिहान प्रियङ्काको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतकको परिवारका सदस्यहरूले बताएअनुसार बिहेपछि देखि नै छोरीमाथि अत्याचार गर्ने गर्थ्यो। मृतक प्रियङ्काको बाबु प्रकाश चन्द्र दास ३२ नम्बर वार्डको पूर्व काउन्सिलर थिए। तिनले बताए अनुसार छोरी प्रियङ्काले पर्यटन विभागमा काम गर्ने गर्थिन्। बिहेपछि प्रियङ्काको लोग्ने शुभम मित्र र तिनको परिवारका सदस्यहरूले छोरीमाथि विभिन्न प्रकारले अत्याचार गर्ने गर्थ्यो। आज बिहान झुन्डिएको अवस्थामा छोरीको मृतदेह उद्धार भएको छ। शव नजिक एउटा सुसाइड नोट पनि भेट्टाइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार ससुरालीको अत्याचार सहन गर्न नसकेर प्रियङ्काले आत्महत्या गरेको भन्ने कुरा सुसाइड नोटमा लेखेको छ। घटनापछि एनजेपी थाना पुलिसले प्रियङ्काको लोग्ने शुभम मित्रलाई हिरासतमा लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement