खरसाङ: आकाशवाणी खरसाङमा डा भीमराव अम्बेडकरको १३२औं जन्म जयन्ती पालन गरिएको छ। आकाशवाणी परिवारद्वारा वार्षिक रूपमा डा भीमराव अम्बेडकरको जन्म जयन्ती पालन गर्ने गरिन्छ भने यसपाली १३२औं जन्म जयन्ती पनि पालन गरिएको छ। आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रमलाई सञ्जय रावतले सञ्चालन गरेका थिए। कार्यक्रममा उपस्थित आकाशवाणी खरसाङको अधिकारीहरूले डा भीमराव अम्बेडकरको तस्वीरमा खदार्पणसहित धुप दीप प्रज्वलन गरी श्रध्दाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेले डा. भीमराव अम्बेडकरको विषयमा छोटकरीमा बताउँदै अम्बेडकरको १३२औं जन्म जयन्तीको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा आकाशवाणी खरसाङको ट्रान्समिशन एक्जीक्युटिभ मिङ्कमा दोर्जे लामा, अभियान्त्रिकी विभागबाट राजीव सुब्बा, सचिन लोहागण, समाचार विभागबाट निर्मल गुरुङ लगायत भोला रावत र अन्यहरू उपस्थित रहेका थिए। डा. भीमराव अम्बेडकर जयन्ती पालन गरिएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आकाशवाणी खरसाङको अभियन्त्रिकी विभागका राजीव सुब्बाले आकाशवाणी खरसाङमा वार्षिक रूपमा डा. भीमराव अम्बेडकरको जन्म जयन्ती पालन गर्ने गरिन्छ र यसपाली पनि हामीले डा भीमराव अम्बेडकरको जन्म जयन्ती पालन गरिएको जानकारी गराएका छन्।









