लेगसेप खेलमैदानमा नवनिर्मित पेवेलियनको उद्घाटन

IMG_20220612_230526.jpg

गेजिङ। गेजिङ बर्मेक निर्वाचन क्षेत्रका विधायक र मन्त्री लोकनाथ शर्माले आज लेगसेप खेलमैदानमा नवनिर्मित पेवेलियनको उद्घाटन गरे। यस पूर्वाधारको निर्माण पश्चिम जिल्ला पञ्चायतले गरेको हो। उद्घाटन कार्यक्रममा जिल्ला अध्यक्ष देविका सुब्बा विशेष अतिथि थिइन्।

मन्त्री शर्माले तुलशी प्रसाद प्रधानले दिएका उल्लेखनीय योगदानहरूको सम्झाना गरे। उनले गुणस्तरीय पूर्वाधार निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गर्दै जिल्ला पञ्चायत र सम्बन्धित सबैका प्रयासहरूको सराहना गरे। उनले यस पूर्वाधारको संरक्षणमा सबैलाई योगदान दिन प्रोत्साहन प्रदान गरे।

अर्कातिर, मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यको विकासका लागि गरिरहेका अथक प्रयासहरूबारे उपस्थित जनसमुदायलाई जानकारी गराए। उनले लेगसेपको समग्र विकासको लागि राज्य सरकारका कार्य योजनाहरू र पहलहरूबारे पनि जानकारी दिएका थिए। आफ्नो सम्बोधनमा मन्त्री शर्माले एमबीबीएस र नीट आकांक्षीहरूका लागि राज्य सरकारले प्रदान गरिरहेको सुविधा र छात्रवृत्तिमाथि प्रकाश पारे। उनले अभिभावकहरूलाई सरकारका यी योजनाहरूबाट लाभ उठाउन नानीहरूलाई प्रेरित गर्न आह्वान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement