खरसाङ: नेपाली नयाँ वर्षको शुभोपलक्षमा आजदेखि खरसाङको मन्टेभियट मैदानमा तीन दिने सांस्कृतिक महाकुम्भ शुरु भएको छl खरसाङको गोर्खा सांस्कृतिक संस्थानको आयोजनामा सांस्कृतिक महाकुम्भ आयोजना गरिएको छl आज नेपाली नयाँ वर्षलाई स्वागत जनाउन गोर्खा सांस्कृतिक संस्थानको आयोजनामा विशाल सांस्कृतिक शोभायात्रा खरसाङ शहरमा निकालियोl यो शोभायात्रा आईएनए बस टर्मिनसबाट शुरु गरेर शहर हुँदै कार्यक्रमको मुख्य स्थल मन्टेभियट मैदानमा पुग्योl यस शोभायात्रामा नेपाली जातिका विभिन्न लोक नृत्यहरु प्रस्तुत गरिएको थियोl यस शोभायात्रामा नेपाली जातिका जातगोष्ठीहरू, विभिन्न संघ-संस्थाहरू लगायत गैर सरकारी संस्थाहरू विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियोl यहाँ प्रस्तुत छ सांस्कृतिक शोभायात्राका केही तस्वीरहरू:



















