बिहेको केही महिनामै पासो लगाई झुण्डिए प्रियंका, भेटाइयो सुसाइड नोट

loc

सिलगढी: बिहे भएको केही महिना नबित्दै एक युवतीको शव पसोमा झुण्डिरहेको अवस्थामा भेटिएको छ। सिलगढीको सुकांतपल्ली इलाकामा भएको यस घटनाले यस इलाकामा खलबली मच्चिएको छ। मृत युवतीको नाम प्रियंका मित्र भनी बताइएको छ।
श्रोतका अनुसार ,प्रियंका मित्रको प्रणय सम्बन्ध शुभम मित्र नामक युवकसँग थियो। प्रियंकाले यो कुरा आफ्नो परिवारजनलाई बताएकी थिईन। तर, परिवारजनले यो सम्बन्धलाई स्वीकार गरेका थिएनन।यसैले घरबाट भागेर दुवैले बिहे गरेका थिए। आज बिहान प्रियंकाको शव पासोमा झुण्डिएको अवस्थामा भेटाइएपछि उनका आफन्तहरूले प्रियंकामाथि बिहे भएकै दिनदेखि उत्पीड़न भएको आरोप लगाएका छन्। मृत प्रियंकाका पिता प्रकाश चन्द्र दास ३२ नम्बर वार्डका पूर्व पार्षद हुन। उनकी छोरी पर्यटन कार्यालयमा कार्यरत थिईन। पुलिस श्रोतका अनुसार, आफ्नो ससुराली पक्षको उत्पीड़न खप्न नसकेर नै प्रियंकाले आत्महत्या गर्ने निर्णय लिएकी हुन। उनले आफ्नो सुसाइड नोटमा सोही कुरो लेखेकी छिन।घटना पश्चात प्रियंकाका पति शुभम मित्रलाई एनजेपी थाना पुलिसले हिरासतमा लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement