सडक दुर्घटनामा पुलिस हवल्दार र नागरिक स्वयसेवक गम्भीर घाइते

65b43531-55d8-4c51-9a1d-ee5cd94e9b0a

सिलगढी: मोटरसाइकल दुर्घटनामा एक पुलिस हवल्दार र एक नागरिक स्वयंसेवक गम्भीर घाइते भएका छन्। जानकारी अनुसार,बिहान घोषपुकुर थानाका एएसआई शुभंकर राय र नागरिक स्वयंसेवक सद्दाम हुसेन मोटरसाइकलमा फुलबारीतर्फ गइरहेका थिए। त्यहीबेला कमलाबगान क्षेत्रमा दुर्घटना भएको हो। खबर पाएर घोषपुकुर चौकी पुलिस घटनास्थल पुगेको थियो ।घाइतेहरुलाई हतार हतारमा उद्धार गरी फासीदेवा ग्रामीण अस्पताल ल्याइएको थियो। गम्भीर अवस्थाका कारण त्यहाँबाट उनीहरुलाई अन्यत्रै रेफर गरिएको छ। तिनीहरुको अहिले सिलगढीको एक नर्सिंग होममा उपचार भइरहेको छ। दुर्घटना कसरी भयो भन्नेबारे घोषपुकुर पुलिस चौकीले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement