नेपालमा नयाँ वर्ष २०८० को स्वागतका लागि हिन्दू स्वयंसेवक संघद्वारा देशभर दीप प्रज्ववलन

Untitled-2-copy-1

काठमाण्डौँः नेपालमा नयाँ वर्ष २०८० को स्वागतका लागि हिन्दू स्वयंसेवक संघद्वारा देशभर दीप प्रज्ववलन भएको छ। हिजो बिहिवार साँझ संघले मन्दिर, देवस्थल, मुख्य चोकहरुमा दीप प्रज्ववलन आयोजना गरेको हो।

हाम्रो नववर्ष हाम्रो गौरव नाराका साथ संघले घर, मन्दिर, देवालय, गुम्बामा दियो बाल्न आव्हान गरेको थियो। हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा काठमांडूको माइतीघर मण्डलामा नेपालको नक्सा बनाई वृहत्त दीप प्रज्जवन कार्यक्रम आयोजना गरिएको थियो। ललितपुरको महालक्ष्मीस्थानमा पनि दीप प्रज्ववलन गरिएको थियो।

नेपालमा विक्रम संवत्लाई सरकारी र जनस्तर दुवै तहमा मान्यता प्राप्त छ। यही क्यालेन्डर चलनचल्तीमा छ। हरेक वर्ष वैशाख १ गते नयाँ वर्ष अंग्रजी क्यालेन्डरको अप्रेल महिनामा पर्ने गर्दछ। यस वर्ष विक्रम संवत्को नयाँ वर्ष १४ अप्रेलबाट शुरु हुँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement