नेपालः राजसंस्था राख्ने सहमति दलहरुले तोडेको पूर्वराजाको दाबी

Untitled-1-copy-62

काठमाण्डौँःनेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलका नेताहरुले राजसंस्था राख्ने सहमति दलका नेताहरुले तोडेको दाबी गरेका छन्। उनले दलका नेताहरुले सम्झौता गरेर अभद्रतापूर्वक सहमति तोडेको टिप्पणी गरेका हुन्। नेपालको नयाँ वर्ष विक्रम संवत् २०८० को पूर्वसन्ध्यामा एक सन्देशमार्फत् पूर्वराजाले भद्रतापूर्वक सहमति गरेर अभद्रतापूर्वक तोड्नु राजनीति र राज्य प्रणालीमा वाञ्छनीय नहुने चेतावनी समेत दिए। अहिलेको बेथिती, अविश्वास, द्वन्द्व र जटिलताको जडको कारण नै विगतको सम्झौता तोड्नुनै भएको जिकिर गरेका छन्। पूर्वराजाले सन्देशमा भनेका छन्, मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयं अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय हुँदैन।

नेपालमा २८ मे २००८ मा संविधानसभाले राजसंस्था अन्त गरी गणतन्त्रको घोषणा गरेको थियो। २००६ मा जनआन्दोलन भएको थियो जुन एउटा सम्झौतामा टुंगिएको थियो। त्यतिबेला राजसंस्था कायमै थियो। तर, त्यसको ठिक दुई वर्षमा तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग सम्झौता गरेका दलहरुले २४० वर्ष पुरानो शाहवंशीय राजसंस्था अन्त गर्ने निर्णय संविधानसभामार्फत् गराए।

पछिल्लो समय पूर्वराजाले दलका नेताहरुको आलोचना गर्दै सन्देश जारी गर्दै आएका छन्। मार्चमा उनले सन्देशमार्फत् दलहरुलाई सहमतिको आव्हान गरेका थिए। नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहले पछिल्लो समय राजनीतिक सक्रियता बढाइरहेका छन्। उनी विभिन्न अभियानमा सरिह हुनथालेका छन्। यसलाई नेताहरुले गम्भीर रुपमा लिइरहेका छन्। सीपीएन यूएसका अध्यक्ष माधवकुमार नेपालले गत हप्ताको एक कार्यक्रममा पूर्वराजाको गतिविधिलाई आँखा नचिम्लिएको र राजसंस्था फर्काउने प्रयास नगर्न चेतावनी दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement