कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले राष्ट्रपति चुनावका लागि बैठक बोलाएकी छन्, जसमा महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे सहभागी नहुने भएका छन्। यो बैठक १५ जूनमा बस्ने भएको छ। शिव सेनाको तर्फबाट यो बैठकमा को–को सहभागी हुने भन्ने हाल तय भएको छैन। तर मुख्यमन्त्री उद्धव ठाकरे बैठकमा नजाने निर्णय भएको छ। शिवसेना स्रोतका अनुसार १५ जूनमा उद्धव ठाकरेको कार्यक्रम तय भइसकेकोले उनी यस बैठकमा सहभागी नहुने भएका छन्। यसैबीच शिवसेनाले बैठकमा विपक्षीले जसलाई राष्ट्रपतिको नाममा चयन गर्छ, त्यसको साथमा शिवसेना दृढताका साथ उभिने स्पष्ट पारेको छ।









