मुख्यमन्त्री अम्बेडकर जयन्ती र विश्व शान्ति पूजामा सहभागी बन्ने

Untitled-1-copy-54

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले वैशाखी पर्व र बाबासाहेब डा. भीमराव अम्बेडकरको १३२औं जयन्तीमा राज्यवासीहरूलाई बधाई एवं शुभकामना व्यक्त गरेका छन्। उनले शुक्रवार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमार्फत राज्यवासीहरूमा शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री तामाङ आज दुईवटा कार्यक्रममा सहभागी बन्ने जानकारी प्राप्त भएको छ। बिहान ९ बजी राजधानी गान्तोकको विधानसभा परिसरमा आयोजन गरिने अम्बेडकर जयन्तीमा सहभागी बन्नेछन्। यहॉं डा. भीमराव अम्बेडकरको मूर्तिमा श्रद्धासुमन अर्पित गर्नेछन्। यस अवसरमा सिक्किम सरकारका मन्त्रीगण, विधायकगण तथा अन्य गणमान्य व्यक्तिहरूको उपस्थिति रहनेछ।

कार्यक्रममा मुख्यमन्त्री तामाङलाई एएसएससीडब्ल्यूए- को तर्फबाट सम्मान जनाउने कार्यक्रम रहेको छ। यसैगरी, मुख्यमन्त्रीको बाहुलीद्वारा अनुसूचित जाति समुदायबाट १०औं अनि १२औं श्रेणीका स्कूल टपरहरूलाई सम्मानित गरिने छ। कार्यक्रममा शिक्षा, स्वास्थ्य अनि खेलकुदको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने व्यक्तित्वहरूलाई पनि सम्मानित गरिने छ। यस अवसरमा स्मारिका ‘भीम चेतना’ को लोकार्पण गरिने छ। यस कार्यक्रमपछि मुख्यमन्त्री अप्पर सुमिनमा आयोजन हुन लागिरहेको विश्व शान्ति पूजामा पनि सहभागी बन्ने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement