विभिन्न कार्यक्रमका साथ भीमराव अम्बेडकरको १३२औँ जन्मजयन्ती मनाइयो

6ff96574-0fcb-4bc5-ad61-e8ff16286adc

अलिपुरद्वार: संविधानका निर्माता भीमराव अम्बेडकरको जन्मजयन्ती शुक्रबार अलिपुरद्वार जिल्लामा मनाइयो। भीमराव अम्बेडकरको जन्मजयन्ती जिल्लाका प्रत्येक वडाका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। काल्चिनी चौपाठी क्षेत्रमा विभिन्न सामाजिक संघसंस्थाले अम्बेडकर जयन्ती मनाएका छन्।
पश्चिम बंगाल सामाजिक न्याय मञ्चले भीमराव अम्बेडकरको १३२औँ जन्मजयन्ती अलिपुरद्वारको शमुकतला क्षेत्रमा मनाएको छ। कार्यक्रममा अलिपुरद्वार सामाजिक न्याय फोरमका द्वितीय ब्लक अध्यक्ष प्रशान्त विश्वास, सुनील कुमार सिंह आदि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement