गान्तोकः सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेतीले पहिलो वैशाख र बाबासाहेब डा. भीमराव अम्बेडकर जयन्तीको राज्यवासीहरूमा शुभकामना व्यक्त गरेका छन्। विधानसभा अध्यक्ष उप्रेतीले शुक्रवार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमार्फत वैशाखी (नेपाली नयॉं वर्ष) को शुभ अवसरमा राज्यवासीहरूमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गरेका छन्।
यसैगरी, उनले भारतरत्न डा. भीमराव अम्बेडकरको १३२औं जयन्तीको राज्यवासीहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। उनले आफ्नो सन्देशम भनेका छन्, ‘कुनै पनि प्रकारको भेदभावरहित समावेशी र न्यायपूर्ण समाजमा विश्वास गर्ने डा. बीआर अम्बेडकरप्रति म श्रद्धाञ्जली अर्पण गर्दछु। बाबासाहेबको १३२औँ जन्मजयन्ती मनाउने क्रममा महान् नेताको आदर्श र सिद्धान्तलाई आत्मसात् गरौं र समावेशी देशको लागि सामाजिक सद्भाव प्रवर्द्धन गरौं।’










