नेसापले आज साङ्गीतिक एवम् साहित्यिक कार्यक्रमहरू सहित पहिलो वैशाख मनाउने

sikk-1

गान्तोकः नेपाली साहित्य परिषद्, सिक्किमले आज (शुक्रवार) पहिलो वैशाख २०८० विविध कार्यक्रमहरू आयोजन गरेर मनाइरहेको छ। यस अवसरमा राजधानी गान्तोकको डेभलपमेन्ट एरियास्थित परिषदको भवनमा कार्यक्रम आयोजना गरिने छ।

नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले पहिलो वैशाखलाई विगत दुई दशकभन्दा अघिदेखि वैशाखी पर्वको रूपमा पालन गर्दै आइरहेको बताइएको छ। यसै क्रममा यस वर्ष पनि पहिलो वैशाख २०८० लाई विविध साङ्गीतिक एवम् साहित्यिक कार्यक्रमहरू सहित पालन गर्ने निश्चय गरेको छ। कार्यक्रम आज बिहान ११ः३० देखि शुरू हुने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement