रंगाली बिहूको पूर्व सन्ध्या राजभवनमा सांस्कृतिक कार्यक्रम

Untitled-1-copy-58

गुवाहाटीः रंगाली बिहूको पूर्व सन्ध्या राजभवनमा सांस्कृतिक कार्यकमको आयोजन गरियो। गए राति आयोजित सांस्कृतिक कार्यक्रममा असमका राज्यपाल गुलाबचन्द कटारिया र असमकी प्रथम महिला अनीता कटारिया सहभागी बने। राज्यपालले यस अवसरमा राजभवनका सबै कर्मचारी र परिवारका सदस्यहरूलाई रंगाली बिहूको बधाई दिए। उनले भने, ‘बिहू असमको सार हो जसलाई जोश अनि उत्साहका साथ मनाइन्छ। बिहूको आनन्दमय अवसरले सबैको जीवनलाई स्वास्थ्य अनि खुशीले भरिदिओस्।’ राज्यपाल र प्रथम महिलाले पछि सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिने सबै कलाकारहरूलाई सम्मानित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement