यूएफा यूरोपा लीगःयुभेण्टसले जिते पनि म्यानचेष्टर युनाइटेडको निराशाजनक ड्र

IMG-20230414-WA0118.jpg

१४ अप्रेलः यूएफा यूरोपा लीगको क्वार्टर फाइनल राउण्ड शुरु भइसकेको छ अनि पहिलो लेगमा युभेण्टसले जीत हासिल गरे पनि म्यानचेष्टर युनाइटेड चाहिँ निराशाजनक ड्र-मा रोकियो। बिहीवार राति खेलिएको म्याचमा युभेण्टसले पोर्तुगलको क्लब स्पोर्टिंगलाई १-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एलियाञ्ज स्टेडियममा ४१ प्रतिशत पोजेशनको साथ खेल्ने युभेण्टसबाट म्याचको एकमात्र गोल फेडेरिको गाट्टीले ७३औं मिनटमा छिराए। म्याचमा इटलीको क्लब विरुद्ध स्पोर्टिंगको टीमले आक्रामक फूटबल खेले पनि गोल हासिल गर्न सकेन। यसरी नै म्यानचेष्टर युनाइटेड र सेविलेबीचको म्याच २-२-ले ड्र रह्यो। म्याचमा स्पेनिश टीम लगभग अन्तसम्म पनि २ गोलले पछि रहेको थियो। आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने म्यानचेष्टर युनाइटेडबाट मार्सेल साबित्जरले १४औं र २१औं मिनटमा गोल गरे। यसरी शुरुमै २ गोलको बढ़त हासिल गरे पनि अन्तमा दुर्भाग्यजनक तरिकाले २ गोल खाएर प्रीमियर लीग क्लब ड्र-मा रोकियो। चाखलाग्दो कुरा के छ भने दुवै गोल आत्मघाती रह्यो। म्यानचेष्टर युनाइटेडका टिरेल मालासिआले ८४औं र हेरी मागुइरेले स्टपेज टाइमको दोस्रो मिनटमा आत्मघाती गोल गरेर सेविलेलाई हारदेखि बचाउनको साथै आफ्नो टीम युनाइटेडको जित्ने सम्भावनालाई माटोमा मिलाए। यसरी बायेर लेवरकुसेन र यूनियन सेण्ट-गिलोइसबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। यसरी नै डच क्लब फेयेनूर्डले रोमालाई १-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement