पश्र्चिम पाण्डाम क्षेत्रबाट विभिन्न पार्टीबाट २४८ जना एसकेएम पार्टीमा सामेल
गान्तोक। सेन्ट्रल पाण्डाम निर्वाचन क्षेत्र अन्तर्गत बरदाङमा आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको समावेशी कार्यक्रम सम्पन्न भयो। आजको यो समावेशी कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ मुख्य अतिथिको रुपमा उपस्थित थिए भने क्षेत्र विधायक एवं सिक्किम विधानसभा अध्यक्ष एलबी दास विशिष्ट अतिथिको रुपमा उपस्थित थिए। आजको यो समावेश कार्यक्रममा २४८ जनाले विभिन्न राजनीतिक दललाई त्यागेर एसकेएम पार्टीमा आधिकारिक रुपमा सामेल भए। समावेश हुने नयॉं सदस्यहरूलाई मुख्य अतिथि, क्षेत्र विधायक अनि सेन्ट्रल पाण्डाम एसकेएम सीएलसीका सदस्यहरूले पार्टीको झण्डा हस्तान्तरण गरेर स्वागत जनाए।
वर्तमान सिक्काम क्रान्तिकारी मोर्चा पार्टीको सिद्धान अनि मुख्यमन्त्री प्रेमसिंह तामाङको कार्यशैलीलाई मनपराएर बर्दाङ गाउँको सबै जनतानै एसकेएम पार्टीमा समावेश बनेका गाउँलेहरूले बताएका छन्।
आजको समावेश कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रका सीएलसी अध्यक्ष हरि दङ्गालले सबैलाई स्वागत जनाउँदै अब उसो कुनै पनि भेदभाव नराखी एक भएर अघि बढेको प्रतिबद्ध जनाए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले सबैलाई पार्टीमा स्वागत जनाउँदै सबैले एसकेएम पार्टीमाथि विश्र्वास गरेर लिएको निर्णयमा कहिले धोका नहुने बचन दिए। राज्यका वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङसँगको आफ्नो लामो समयको सम्बन्धलाई उदाहरण दिँदै उनी सॉंच्चै जनहितको निम्ति प्रतिबद्ध रहेको बताए। खालिङले वर्तमान सरकारले तीनवर्षको कार्यकालभित्र गरेको विभिन्न विकासीय कार्यहरूलाई विस्तृत रुपमा सबैसमक्ष पेश गरे। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सिद्धान्त भनेको गणतान्त्रिक समाजवाद रहेको सबैलाई अवगत गराउँदै यही पद्दतिमा नै सरकारले काम गरेर अघि गइरहेको सबैलाई अवगत गराए। यही सिद्धान्तमा अडिग सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले सिक्किमलाई एकदिन विकासको शिखरमा पुर्याउने पनि प्रतिबद्ध जाहेर गरे। यसको साथै उनले नागरिक समाजको खास्टो ओढ़ेर जनतालाई भ्रममा पार्ने एकाध व्यक्तिहरूसँग पनि होशियारी रहनु पर्ने सबैलाई आह्न गरे। नागरिक समाजले ङ्गेसबुकमा उठाइरहेको झुटो मुद्दा सम्बन्धमा पुक्त सवुत पेश गर्ने चुनौती दिएको पॉंच दिन बितिसक्दा पनि समाजले कुनै पुक्त दस्तावेज प्रस्तुत गर्ननसकेको बताए।