राज्यका प्रगतिशील कृषकहरुलाई आधुनिक खेतीबारे तालिम

IMG-20230413-WA0414.jpg

गान्तोक। भारतीय कृषि अनुसन्धान केन्द्र सिक्किम र सेन्ट्रल इन्स्टिच्युट अङ्ग हर्टिकल्चर, नागाल्याण्डले संयुक्त रूपमा अर्किड, एन्थुरियम, कार्नेशन, जरबेरा र जैविक सागसब्जीको संरक्षित खेती सम्बन्धी दुई दिने किसान प्रशिक्षण कार्यक्रम आयोजना गर्‍यो। पहिलो दिनको तालिममा पाक्योङ जिल्लाका लोसिङ, छलमथाङ, पदम्छे, पाचेखानीलगायतका विभिन्न क्षेत्रबाट ६५ कृषकले तालिममा सक्रिय सहभागिता जनाएका थिए। दोस्रो दिनको तालिममा कार्थोक, याक्तेन, ताक्साङ, थाकाबोङ र छलमथाङलगायत पाक्योङ जिल्लाका विभिन्न क्षेत्रबाट ६५ जना कृषक सक्रिय रुपमा सहभागी भएका थिए। दुबै दिन माटो विशेषज्ञ वैज्ञानिक डा. एसएस विश्र्वासले सहभागीहरुलाई तालिमको औचित्यबारे जानकारी गराएका थिए। यसै गरि वैज्ञानिक डा. एलसी देले किसानहरुसँग अन्तरक्रिया गरी कार्यक्रमको बारेमा संक्षिप्त विवरण दिए। डा.एसएस.विश्र्वासले अर्किडको संरक्षित खेती र डा. देले एन्थुरियम खेतीबारे व्याख्यान दिएका थिए। जलवायु विरज्ञानका वैज्ञानिक डा. ए कुमारले जरबेरा खेतीमा विशेष जोड दिँदै ङ्गूल र तरकारी खेतीका लागि उपयुक्त लागत-कुशल संरक्षित संरचनाहरूबारे संक्षिप्त चर्चा गरे। नागाल्याण्डबाट आएका ए सिंहले कार्नेशन र एन्थुरियम कट फ्लावरको उत्पादन प्रविधिको विषयमा किसानहरूसँग अन्तरक्रिया गरे। व्यावहारिक अभिमुखीकरणको रूपमा किसानहरू र वैज्ञानिकहरू र अन्य स्रोतवक्ताहरूले अर्किड ङ्गार्मको लागि ङ्गिल्ड भ्रमण गरे र अर्किड र अन्य ङ्गूल र सब्जी खेतीहरूको अवलोकन गरेका थिए। यी दुई तालिममा जम्मा १३० कृषकहरुको सहभागिता रहेको कार्यक्रममा प्रत्येकलाई सिमी, धनिया, खुर्सानी, टमाटर, बन्दागोभी, बैंगन, करौला, करेलाको बीउ वितरण गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement