गान्तोक: आध्यात्मिक संस्थान हेभेन्ली निर्भाना पाथले आगामी २३ अप्रेलदेखि ७ मईसम्म दक्षिण सिक्किमको जोरथाङ खेल मैदानमा आमशा हिलिङ शिविर आयोजना गर्ने भएको छ। सङ्गठनका सदस्यहरूले आज एउटा पत्रकार सम्मेलन गरेर यो जानकारी दिएका हुन्।
प्रेस वार्तालाई सम्बोधन गर्दै हेनिपाका सचिव एवं गेजीङ जिल्लाका जिल्ला अध्यक्ष डीएस लिम्बूला यो शिविर सिक्किमेहरूको निम्ति धेरै फाइदाजनक हुने जानकारी गराएका छन्। हेभेन्ली निर्वाना पाथले क्रमिक रुपमा हिलिङ शिविर आयोजन गर्दै आइरहेको अनि यसबाट सिक्किमका युवा अनि रोगीहरूले धेरै निको भएको पनि जानकारी गराए। अहिलेसम्म आयोजित विभिन्न शिविरहरूमा सिक्किमका थुप्रै युवाहरू आत्मिक, मानिसक अनि शारिरिक रोगहरूबाट निको भइसकेको पनि जानकारी गराउँदै तिनै युवाहरूले यो शिविरमा स्वेच्छाले काम गरिरहेको पनि उनले बताए। दिनदिनै युवाहरूमा व्याप्त विभिन्न मानसिक अनि आत्मिक रोगहरूको निवारणको निम्ति यो शिविरमा सबै उपस्थित भइदिने पनि उनले आग्रह गरे।
शिविरबारे जानकारी गराउँदै व्यासनन्द गुरूजीले यो उपचार पद्दती कुनै पनि प्रकारको तन्त्र मन्त्रमा आधार नभएर पूर्ण रुपमा वैज्ञानिक रुपले हुने बताए। जन्मन्दै दिव्याङ्ग, काटेको अनि पूर्ण रुपले भाँच्चीएको शरीरको हाड़हरूबाहेक अन्य सबै रोगहरूको यहाँ उपचार हुने पनि उनले जानकारी गराए। उपचार गर्न आउनेहरूको निम्ति खेल मैदानमा नै बस्ने व्यवस्था मिलाएको पनि नले थप जानकारी गराउँदै सबैलाई यो ळिविरमा सहभागी बन्ने पनि नले निमन्त्रणा गरेका छन्। ज्ञात रहोस्, मास्टर गडएञ्जलको नेतृत्वमा विश्वको १९५ देशहरूमा यो प्रकारको शिविरहरूको आयोजना निरन्तर भइरहेको छ।









