गान्तोक पूर्व सिक्किमको सिङ्गताम स्थापित सिक्किम खादी एवं ग्रामोद्योग बोर्डको नयाँ बिक्री इम्पोरियमको उद्घाटन गरियो। बोर्डकी अध्यक्ष श्रीमती छुङछुङ भोटियाले इम्पोरियमको विधिवत उद्घाटन गरिन्। यस अवसरमा बोर्डका सम्बन्धिक अधिकारीहरूको पनि विशेष उपस्थिति रहेको थियो।
राष्ट्रीय राजमार्ग १०मा पिपल डाँड़ास्थित एसपीडब्ल्यूडी कार्यालय नजिक फराकिलो ठाउँमा सारिएको यस बिक्री केन्द्रलाई आधुनिक र चलनचल्तीको शोरुमको रूपमा डिजाइन गरिएको छ जहाँ भारतभरिका खादी तथा ग्रामीण उद्योगका विभिन्न सामानहरू बिक्रीमा राखिएको छ। यसको साथै स्थानीय उद्यमीहरूलाई पनि यसमा आफ्नो सामानहरू बिक्रीमा राख्ने अवसर प्रदान गरिएको छ।










