सिक्किम विधानसभामा नेशनल ई विधान बारे प्रशिक्षण शिवारको समापन

IMG-20230413-WA0410.jpg

गान्तोक: भारत सरकारको संसदीय मामिला मन्त्रालयद्वारा गत ११ र १२ अप्रेलको दिन सिक्किम विधानसभा सचिवालयको नेवा सेवा केन्द्रमा नेशनल ई विधान मोबाइल एप्लिकेशन बारे दुई दिने परिचयात्मक कार्यक्रम तथा प्रशिक्षण सञ्चालन गरिएको थियो। नेशनल ई-विधान एप्लेकेशन कागजमुक्त विधानसभा सञ्चालनको एक मोडल हो। यो वेबसाइट साथै दुवै एन्ड्रोइड र एप्पल मोबाइल एपको रुपमा उपलब्ध छ।

यस दुई दिने प्रशिक्षण परिचयात्मक कार्यक्रम तथा शिविरमा स्रोत वक्ताको रुपमा संसदीय मामिला मन्त्रालय, यनाँ दिल्लीबाट चारजना प्रशिक्षको एउटा टोली गान्तोक आएको थियो। यसरी नै प्रशिक्षण सत्रमा सिक्किम विधानसभा सचिवालयका अधिकारीहरू र कर्मचारीहरू साथै सिक्किम सरकारको सूचना प्रविधि विभाग र एनआईसी, सिक्किमका अधिकारीहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement