गान्तोक। केही दिनदेखि यता सिक्किम पुलिसले नशालु पदार्थमुक्त सिक्किम बनाउनको निम्ति अभियान शुरू गरेको छ। यस अभियान अन्तर्गत सदर पुलिसले एक हप्तामा तीन जना नशालु पदार्थ बिक्रेताहरूलाई पक्राउ गरिसकेको छ। यसै क्रममा हिजो राती एसआई नरेश छेत्रीको नेतृत्वमा गएको पुलिस बलले नशालु पदार्थ सहित लोवर मामरिङ निवासी मञ्जित राईलाई पक्राउ गरेको छ। आरोपी राईलाई बनझॉंक्री ङ्गल्स नजिकबाट नशालु पदार्थ बिक्री गर्दै गरेको अवस्थामा पक्राउ गरिएको पुलिसले जानकारी गराएको छ। पुलिसले जानकारी गराए अनुसार विश्र्वासनीय सुत्रले पुलिसले आरोपी राईले बनझॉंक्री ङ्गल्स नजिक नशालु पदार्थ बिक्री गर्दै आइरहेको सूचित गरेको थियो। उक्त सूचनाको आधारमा एसआइ नरेश छेत्रीको नेतृत्वमा गएको पुलिसबलले १२.७५ ग्राम्स ब्राउन सुगर र १३० ग्राम्स गॉंजा सहित पक्राउ गर्न सङ्गल बनेको छ। आरोपीविरूद्ध पुलिसले एनडीपीएस एक्ट १०९५ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।