पञ्चायत चुनाउलाई लिएर पंखाबारीमा सभा सम्पन्न

Screenshot_20230413_232414_Samsung-Internet.jpg

खरसाङ: पंखाबारी लगभ्यु अम्बटे समष्टि अन्तर्गत पर्ने सेन्ट मेरिज ३ ग्राम पञ्चायत, पान्डु ग्राम पञ्चायत र घैयाबारी ३ ग्राम पञ्चायतका प्रतिनधिहरूलाई लिएर आगामी पञ्चायत चुनाउ बिषयमा भागोप्रमो को एउटा जरुरी सभा पंखाबारी सार्वजनिक भवनमा सम्पन्न भयो। भागोप्रमो समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको सभाको अध्यक्षता समष्टि सभापति मनिराज डुम्जनले गरेका थिए। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समिति साङ्गठनिक सचिव रतन थापा, समष्टि कार्यकारी सभासद श्रीमती कल्पना प्रधान साथै मनोनीत सभासद प्रणाम रसाइलीको बिशेष उपस्थिति रहेको थियो। यसैगरी, खरसाङ महुकमा समिति सभापति साथै जन सम्पर्क अधिकारी सुबास प्रधानले आगामी पञ्चायत चुनाउमा तपाईले गाउँ घरमा कतिको सेवाको कार्य गर्नु भएको त्यसको परिणाम चुनाउमा पाउन सक्ने बताए संगठनका सबै प्रतिनिधिहरूको आपासी तालमेलमा पञ्चायत चुनाउमा गइदिने अनुरोध गरे जसरी जीटीएमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको वर्चस्व छ, त्यसरी नै पञ्चायती व्यवस्थामा पनि पार्टीको वर्चस्व कायम राखिदिने उद्देश्य लिएर कार्य गरिदिने तिनले सबैसित अनुरोध गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement