गान्तोक: दक्षिण सिक्किमको तिमी पुलिस थाना क्षेत्र अन्तर्गत पीआरएफ उद्योग कम्पनी छेउ भएको दुर्घटनामा परेर एक व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्तिको नाम बिहार निवासी मोहम्मद अजरुद्दिन मन्सुरी रहेको बताइएको छ। पुलिस रिपोर्ट अनुसार, २३ वर्षीय मृतक मन्सुरी पीआरएफ उद्योग कम्पनी छेउ हाइड्रा क्रेन चलाइरहेका थिए। दुर्घटनावश उनी हाइड्रा क्रेनसँगै सड़कदेखि लगभग ५० मिटर तल झरे। उनको दुर्घटना स्थलमै मृत्यु भयो। दुर्घटनाको समय उनी एक्लै थिए। घटना दिउँसो लगभग ३.५० बजी घटेको हो ।पुलिसले सबै कानूनी प्रक्रियाहरू पूरा गरेर शव पोस्टमार्टमको निम्ति सिङताम जिल्ला अस्पताल पठाएको छ।











