एडीआर रिपोर्टको दाबी: देशकै सबैभन्दा गरीब मुख्यमन्त्री हुन् ममता ब्यनर्जी

CollageMaker_20234132374956.jpg

कोलकाता: एसोसिएशन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर) ले आफ्नो रिपोर्टमा दाबी गरेको छ, पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जी देशकै सबैभन्दा गरीब मुख्यमन्त्री हुन् ।एडीआरले चुनाउ आयोगलाई नेताहरूले बुझाएको शपथ-पत्रको विश्लेषण गरी आफ्नो रिपोर्ट तयार गर्दछ। रिपोर्टबाट थाहा लागेको छ कि ममता व्यनर्जीको घोषित सम्पत्ति मात्र १५ लाख रुपियाँ छ। देशका ३० राज्यहरूका मुख्यमन्त्रीहरूको सम्पत्तिको मूल्याङ्कन गरिएको छ जसमा ममता ब्यनर्जीको सम्पत्ति सबैभन्दा कम छ भने अन्य सबै २९ मुख्यमन्त्रीहरू करोड़पति छन्। केरलका मुख्यमन्त्री पिनाराई विजयनको समेत एक करोड़ रुपियाँको सम्पत्ति छ। यसबाहेक आन्ध्र प्रदेशका मुख्यमन्त्री जगनमोहन रेड्डी सबैभन्दा धनी मुख्यमन्त्री हुन्।
उनको सम्पत्ति ५१० करोड़ रुपियाँको छ। दोस्रो नम्बरमा अरूणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डू छन्। भाजपाका यी नेताको सम्पत्ति १६३ करोड़ रुपियाँ छ। तेस्रो नम्बरमा ओडिशाका मुख्यमन्त्री नवीन पटनायक छन् जसको सम्पत्ति ६३ करोड़ रुपियाँ छ। देशका सबै मुख्यमन्त्रीहरूको कुल सम्पत्ति ३३ करोड़ ९५ लाख रुपियाँ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement