तीनजना तस्कर बर्मा टीक काठ सहित पक्राउ

Screenshot_20230413_224524_Samsung-Internet.jpg

सिलगढी: घोषपुकुर वन विभागले बर्मा टीक काठ सहित ती जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू उत्तरप्रदेश निवासी हमिन खान, राम विलास पाल र रोहित सामेल छन्। गोप्य सूचनाको आधारमा घोषपुकुर वन विभागले नक्सलबारी हात्तीघिसा टोल प्लाजा इलाकामा अभियान चलाएर बाँस बोकेको दुइवटा कन्टेनरलाई रोकेर छानबीन गर्दा बर्मा टीक काठ उद्धार गरेको बताइएको छ। उक्त कन्टेनर अरूणाचलबाट बिहारतर्फ गइरहेको थियो भने उद्धार गरेको काठको बजार मूल्य लाखौं रुपियाँ रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement