गैर कानूनी टेलीफोन एक्सचेन्ज चलाउने बांग्लादेशीहरू पक्राउ

SATATE-1

कोलकताः पश्चिम बंगालको राजधानी कोलकता छेउ उत्तर २४ परगनाका विभिन्न ठाउॅंहरूमा गैर कानूनी तरिकाले टेलीफोन एक्सचेन्ज स्थापित गरेर अन्तरराष्ट्रिय कल्सलाई डायवर्ट गर्ने एउटा ठूलो गिरोहको भण्डाफोर पश्चिम बंगाल पुलिसको स्पेशियल टास्क फोर्सले गरेको छ।

पुलिस अधीक्षक इन्द्रजीत बसुले बिहिवार सॉंझ भने, पुख्ता सूचनाको आधारमा उत्तर २४ परगना जिल्लाको बसीरहाट, बादुरिया, बारासत, दमदम र विधाननगरमा छापा मारेर गैर कानूनी टेलीफोन एक्सचेन्जसहित छजनालाई पक्राउ गरियो। यी बांग्लादेशीहरू गैर कानूनी तरिकाले भारतमा प्रवेश गरेका थिए। गैर कानूनी टेलीफोन एक्सचेन्ज स्थापित गर्नका लागि उनीहरूले छवटा सिम बक्सको प्रयोग गरेका थिए, जसलाई जफत गरिएको छ। आरोपितहरूले अन्तरराष्ट्रिय कल्सलाई डायवर्ट गरेर लोकल जीएसएममा परिणत गर्थे, जसकारण भारत सरकारलाई अन्तरराष्ट्रिय कल्सको आधारमा हुने वित्तीय लाभमा निकै नोकसानी भएको छ। पक्रा पर्ने आरोपितहरूसॅंग सोधपुछ शुरू गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement