खरसाङ: ३० नम्बर समष्टि पंखबारी, लङ्भ्यु अम्बटे समष्टिबाट सीपीआईएमको प्रार्थी सचिन खातीले आज पनि आफ्नो चुनावी प्रचार कार्यलाई जारी राखेका छन् । उनले आज आफ्नो चुनाव प्रचार गर्दै मरियनबारी चियाबारी क्षेत्रमा पुगेर प्रचार गरेका छन्। उनले जनताको घर दैलोमा गएर मानिसहरूलाई भेट्दै जनताको समस्याहरू बुझेको बताइएको छ। विशेष रूपमा बगान क्षेत्रमा मानिसहरूले रातो झण्डा देखेर स्वागत जनाएको र फेरि नयाँ आशा पलाएको कुरा गरेको पनि बताएका छन् । आफ्नो चुनावी प्रचार विषयमा सीपीआईएमको प्रार्थी सचिन खातीले चुनाव प्रचार गर्दै आज हामी मरियनबारी चियाबारीमा आएको बताउँदै यस क्षेत्रको मानिसहरूले उत्साहित भएर स्वागत जनाएको बताए। उनले यहाँको श्रमिकहरूले रातो झण्डा देखेर मानिसहरूमा नयाँ उत्साह देखेको दाबी गर्दै बगानको खराब अवस्था देखेर हाम्रो पुरानो पार्टी देखेर मानिसहरू धेरै उत्साहित रहेको बताएका छन् ।