टिस्टा ब्रिज उच्चतर माध्यमिक विद्यालय भवनमा विद्यालय प्रेक्षागृह एवम् विज्ञान भवनको शिलान्यास

Screenshot_20230413_223854_WhatsApp.jpg

दार्जीलिंग: गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले आज तकलिङ पेसोक समष्टि भित्र पर्ने टिस्टामा अवस्थित टिस्टा ब्रिज उच्चतर माध्यमिक विद्यालय भवनमा विद्यालय प्रेक्षागृह एवम् विज्ञान भवनको शिलान्यास गरे। शिलान्यास समय समष्टिका सभासद मणि प्रसाद राई,अन्य विशिष्ट व्यक्तिवर्ग तथा जनसधारणको उपस्थिति रहेको थियो।
शिलान्यास समारोहमा जीटीए प्रमुख थापाले प्रसन्नता व्यक्त गर्दै यो प्रेक्षागृह एवं विज्ञान भवनको निर्माणले स्थानीय र छेउछाउका वालवालिका लाभान्वित हुने बताए।
उनले पहाड़ र पहाड़वासीको उत्थानको निम्ति आफू तल्लीन रहेको भन्दै भने -भोलिको दिनमा अनित थापा भन्दा राम्रो लिडर आयो भने उसैलाई जनताले भोट हालेर जिताउनेछन। जनताले अब बुझीसक्यो, भोट हालेर मात्र गोर्खाल्याण्ड आउँदैन। अब भोट जनताले काम गर्नेलाई हाल्नेछन।
समारोहमा तकलिङ पेशोक समस्टीका सभासद मणि प्रसाद राईले भने, बालबालिकाहरुको भविष्यको निम्ति नै स्कूल भवन निर्माण हुन गइरहेको हो। अब यस स्कूलमा विज्ञान भवन बनिने छ। आज सबैले हाम्रो काम बोलेको प्रत्यक्ष रूपमा देखिरहेका छन्। स्कूल असल व्यक्ति बनाउने फ्याक्ट्री हो।
समारोहमा उपस्थित विशाल राई टिस्टेले जीटीए प्रमुख अनित थापाको प्रशंसा गर्दै भने-सडकमा काम गर्ने गरीब आमा-बाबाका छोरा छोरीहरुलाई घरको भात खाएर विज्ञान पढ्नसक्ने बनाउने व्यक्ति अनित थापा हुन्। घरीघरी यस्तो सकारात्मक विचार बोकेर आउने नेतृत्व हामीले पाउन सक्दैनौं। हामीले उनलाई माया गर्न सक्नुपर्छ।
स्थानीयहरुले विद्यालय भवनमा प्रेक्षागृह तथा विज्ञान भवन निर्माण हुन गइरहेकोमा प्रसन्नता व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement