समाजसेवी गौतम गोस्वामीद्वारा दुईजना विद्यार्थीलाई सम्मान

21-02-25-4e2be9ec-8a55-48cb-b45c-9b39c9316dc2-1024x576.jpg

सिलगढी: उच्च माध्यमिक परीक्षामा राज्यमा सातौँ स्थान हासिल गरेकी रीता हल्दार र सिलगढी गर्ल्स हाई स्कुलमा प्रथम स्थान ओगट्ने रेनेसां दासलाई समाजसेवी गौतम गोस्वामीले सम्मान जनाए। समाजसेवी गौतम गोस्वामीले सिलगढी नगरनिगमको ३८ नम्बर वार्ड अन्तर्गत पूर्व विवेकानन्द पल्लीस्थित रेनेसांको घरमा गएर सम्मान जनाएको थियो। यस अवसरमा ३८ नम्बर वार्डका पार्षद दुलाल दत्त पनि उपस्थित थिए। तिनले रीता हल्दारको डाबग्राम-फुलबारी विधानसभा क्षेत्रका खुदीरामपल्लीस्थित घरमा पुगेर तिनलाई सम्मान जनाउनको साथै भविष्यमा तिनको साथमा रहने वाचा पनि गरे। यस सम्बन्धमा गौतम गोस्वामीले भने, आर्थिक अवस्था कमजोर रहे तापनि यी दुई छात्राले कडा मेहनत तथा लगनशीलताको साथमा पढाई गरेर उच्च माध्यमिक परीक्षामा उत्कृष्ट अङ्क हासिल गरेकी छन्। तिनीहरूको सहयोग गर्नु हाम्रो नैतिक कर्तव्य हो भन्दै तिनले भविष्यमा तिनीहरूलाई हर सम्भव सहयोग गर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement