जातिलाई अनुप्रवेशकारी भन्दा समेत कानमा तेल हालेर बस्नेहरूलाई धिक्कार छ तिमीहरूको जिन्दगी: लाडुप घिसिङ

IMG-20230413-WA0192.jpg

दार्जीलिङ: जातिलाई अनुप्रवेशकारी भन्दा समेत कानमा तेल हालेर बस्नेहरूलाई धिक्कार छ तिमीहरुको जिन्दगी – यो मन्तव्य हाम्रो पार्टी केन्द्रीय कमिटि सदस्य लाडुप धिसिङले पोखेका हुन।
उनले अघि भने, गत केही महिना अधि राज्यको एक जिम्मेवार मंत्रीले बंगाल विधानसभामा नेपाली भाषीहरूलाई अनुप्रबेशकारी अनि आदिबासीहरूलाई विदेशी बताउँदै हाम्रो भविष्यमाथि प्रश्न चिन्ह खडा गर्ने काम गरेको छ।मंत्रीको जाति विरोधी बयानमाथि जीटीए सभाको नौ जना सभासदहरूले जीटीए सभामा विरोध प्रस्ताव पारित गर्नुपर्छ भन्ने मांग गर्दा, बंगालसंग मिलेर काम गर्छु भन्नेहरूले मंत्रीको उक्त बयान ब्यक्ति अनि राजनैतिक बयान रहेको बताएका थिए। हामी नेपाली भाषी गोर्खाहरू आफ्नो जमीनसंग यहाँ आएका हौ, हामी अनुप्रबेशकारी होइनौ, तर राज्यको एक जिम्मेवार मंत्रीले विधानसभामा नेपाली भाषीहरूलाई अनुप्रबेशकारी भन्दा समेत हाम्रो साथीहरूको मुखबाट विरोधको आवाज नआउनु, यो भन्दा ठूलो दुर्भाग्य शायद गोर्खा जातिको निम्ति अरू केही नरहेको घिसिङले बताए। तिनले अधि भने जीटीए सभाको सत्ता पक्षको यस्तो कार्यले सम्पूर्ण गोर्खा जातिलाई चोट लागेको छ, राज्य सरकारसंग मिलेर काम गर्दैछु भन्दैमा बंगालको खेताला मात्र गर्नुहुदैन, दार्जीलिङलाई, गोर्खा जातिलाई डुबाउने जो कार्य गर्दै आईरहेको छ, यस्तो कार्य छोडनु पर्छ, नत्र इतिहासले धिक्कार्ने छ, घिसिङले भने। तिनले अधि भने, अनित थापा, अन्जुल चौहानहरूले गोर्खा जातिको टोपीलाई कोपी सम्झेर बेच्ने काम गर्दैछन।
जीटीए सभासद सतिश पोख्ररेलले हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्ड्सलाई जेसीपी नचलाउँने भन्ने जो मन्तव्य पोखेका छन,यस विषयमाथि लाडुप घिसिङले भने – सतिश पोख्ररेल दाजुले यस्तो बयान दिनुभन्दा, तपाईहरूले गर्नुभएको काममा जीटीएले पनि सहयोग गर्नेछ भन्नुपर्ने हो। जीटीएले ग्रामिणहरूको समस्याहरूलाई समाधान गर्न नसक्दा नै ग्रामिणबासीहरूले अजय एडवाडर्स समक्ष गुहार लगाउँदै जेसीपी चलाएको हो, तिनले भने।
लाडुप घिसिङले विगतमा आफुहरू जेलबन्दी हुदाको दिनहरूलाई स्मरण गर्दै अधि भने, सतिश पोख्ररेल दाजु हामी एउटै जेलमा थियौ अनि उनीहरूले जेलबाट छुटकारा पाउनलाई के कस्ता उपायहरू अप्नाएका थिए, त्यो मलाई राम्रोसंग थाहा छ ती सवै घटनाहरूको खुलासा गर्न नपरोस भन्दै तिनले चेताउनी दिए।प्रजातान्त्रिक मोर्चाको बाठे नेताहरूको कारणले गर्दा अझ पनि जाँच कार्यहरू चलीरहेको छ,सत्ता औ पैसाको आडमा के के गरेको छ त्यो मलाई राम्रोसंग थाहा छ, समयमा नाङगेझार बनाउने चेताउनी पनि घिसिङले दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement