सोनिया गान्धीलाई सर गंगाराम अस्पतालमा भर्ती गराइयो

Sonia-Gandhi

नयाँ दिल्ली: कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड सम्बन्धी समस्याहरूको कारण आइतवार सर गंगाराम अस्पतालमा भर्ती गराइएको छ। कांग्रेसका मुख्य प्रवक्ता रणदीप सिंह सुरजेवालाले यसको पुष्टि गरेका छन्। उनले भने, कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई आज कोभिडसित सम्बन्धित समस्याहरूको कारण सर गंगाराम अस्पतालमा भर्ती गराइएको छ। उनको स्थिति स्थिर छ र उनलाई निगरानीको निम्ति अस्पतालमै राखिएको छ। हामी कांग्रेस कार्यकर्ताहरूका साथै सबै शुभचिन्तकहरूलाई उनको चिन्ता र शुभेच्छाहरूको निम्ति धन्यवाद दिन्छौं। उल्लेख्य, कांग्रेस अध्यक्ष सोनिया गान्धीको २  जूनमा कोभिड सम्बन्धित रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि उनकी छोरी प्रियंका गान्धीको रिपोर्ट पनि पोजिटिभ आएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement