महानदी हाई स्कूलमा विद्यार्थीहरूद्वारा फेत आयोजित

IMG-20230413-WA0360.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत महानदी हाई स्कूलमा स्कूल फेत अायोजना गरिएको छ। महानदी हाई स्कूलको शिक्षक शिक्षिकाहरुको मार्ग निर्देशनमा विद्याहरूले उक्त एक दिवसीय फेतको आयोजना गरेका थिए। विद्यार्थीहरूका पढ़ाई साथै सर्वाङ्गीन विकासको लागि पहिलोपल्ट उक्त फेतको आयोजना गरिएको छ। महानदी हाई स्कूलमा मासिक रुपमा र वार्षिक रूपमा विद्यार्थीहरूका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन् भने यसपाली विद्यार्थीहरूका चौतर्फी विकासको लागि एक दिने फेत कार्यक्रम आयोजना गरिएको छ। विद्यार्थीहरूका चारवटा हाउसहरू रेड, ग्रिन, ब्लु येल्लो गरेर भाग गरेर उक्त फेतको आयोजना गरिएको छ। उक्त फेतमा विद्यार्थीहरूले ८-९ वटा विभिन्न खेलकूदहरू र विभिन्न प्रकारका खाद्यान्नहरू प्रदर्शन गरिएको थियो। उक्त फेतमा महानदी हाई स्कूलका विद्यार्थीहरू र अभिभावकहरूले पनि सहभागिता जनाएका थिए। उक्त फेतमा विद्यार्थीहरूले विभिन्न रंगारंग सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए भने विभिन्न खेलकूदहरू र नेपाली जातीय खानपानहरू बिक्रीमा राखेका थिए। यो एक दिने फेत विषयमा महानदी हाई स्कूलको प्रधान अध्यापक महेन्द्र छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै स्कूलमा हामी नानीहरूको सर्वाङ्गीन विकासको लागि मासिक रूपमा र वार्षिक रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आईरहेका छौं भने यसपाली विद्यार्थीहरूका चौतर्फी विकासको लागि एक दिने फेत अायोजना गरिएको जानकारी गराएका छन्। उनले महानदी हाई स्कूलमा अहिले पाँचौं श्रेणीदेखि बाह्रौं श्रेणीसम्मको पढ़ाई भईरहेको र आजको फेतमा विद्यार्थीहरूले शिक्षक शिक्षिकाहरूका मार्ग निर्देशनमा राम्रो कार्य गरेको बताएका छन्। उनले हामीले विद्यार्थीहरूका पढ़ाई साथै सर्वाङ्गीन विकासको लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गरेको बताउँदै हामी हर सम्भव विद्यार्थीहरूको पढ़ाई साथै चौतर्फी विकासको लागि कार्य गरिरहेको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement