सिलगढी: प्रधान नगर थाना र डीडी (डिटेक्टिभ डिपार्टमेन्ट)-ले संयुक्त अभियान चलाएर सुनको गर-गहना बनाउने नाममा ठगी गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ। आज तिनलाई सिलगढी अदालतमा पेश गर्यो। पक्राउ परेका व्यक्ति सिलगढीको वार्ड नम्बर ४७ को पत्ती कोलनी इलाका निवासी दीपक साहाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार सिलगढीमा किस्तीमा सुनको गर गहना बनाउने एउटा ज्वेलर्सको नाममा मालबजार निवासी मयुरी साहलाई ठगेको बारेमा तिनले प्रधान नगर थानामा अभियोग दर्ता गरेकी थिइन्। महिलाको आरोप अनुसार उक्त ज्वेलर्सको सिलगढी शाखामा किस्तीमा सुनको गर-गहना बनाउनको लागि तिनले प्रत्येक महिना रुपियाँ जम्मा गर्ने गर्दथिन्। तर किस्ती पुरा भए तापनि तिनले सुनको गहना नपाएपछि यसबारे थानामा अभियोग दर्ता गरिन्। अभियोगको आधारमा प्रधान नगर थाना र डीडीको टोलीले संयुक्त अभियान चलाएर गत राति सिलगढीबाट दीपक साहालाई पक्राउ गरेको बताइएको छ।