खरसाङमा तीन दिनव्यापी नेपाली नयाँ वर्षको कार्यक्रमको लागि तयारी समाप्त

IMG-20230413-WA0353.jpg

खरसाङ: खरसाङमा भोलिदेखि शुरु हुन लागेको तीन दिवसीय नेपाली नयाँ वर्ष समारोहको तयारी पूरा भएको छ। गोर्खा सांस्कृतिक संस्थान खरसाङ र जीटीएको संयुक्त आयोजनामा सम्पन्न भईरहेको तीन दिवसीय नेपाली नयाँ वर्ष समारोह भईरहेको छ। यसको तयारीको लागि कार्यक्रम आयोजन स्थल खरसाङको मन्टिभियट खेल मैदान परिसरमको आयोजक समितिद्वारा निरीक्षण गरिएको छ। उक्त निरीक्षण गर्ने टोलीमा गोर्खा सांस्कृतिक संस्थान खरसाङको अध्यक्षा आशा मुखिया लामा, हेमन्त दर्नाल, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति एंव जीटीए जन सम्पर्क अधिकारी सुवास प्रधान, सह सचिव विशाल शर्मा, प्रचार प्रसार सचिव दिपेन सेवा लगायत अन्य पदाधिकारीहरू उपस्थित रहेका थिए। खरसाङमा नेपाली नयाँ वर्ष 2080 लाई स्वागत गर्दै तीन दिवसीय समारोह भोलिदेखि शुरु हुँदैछ। यस अन्तर्गत पहिलो दिन सांस्कृतिक शोभा यात्रा निकालिने भएको छ। उक्त सांस्कृतिक शोभा यात्रा खरसाङको बस टर्मिनलदेखि शुरु भएर खरसाङ बजार परिक्रमा गरेर मन्टिभियट खेल मैदानमा पुगेर भव्य कार्यक्रममा परिणत हुने भएको छ। तीन दिवसीय कार्यक्रम अन्तर्गत खरसाङ नगरपालिका क्षेत्रमा रहेका विभिन्न स्वनिर्भर दलहरूले नेपाली जातीय विभिन्न खाद्यान्नहरू प्रदर्शन गर्ने भएको छ। त्यसरी नै अन्तिम दिन गोर्खा सुन्दरी प्रतियोगिता र गोर्खा श्री प्रतियोगिता आयोजना गरिने भएको छ। आजको निरीक्षण विषयमा आयोजक समितिको पक्षबाट पत्रकारहरूसित कुराकानी गर्दै हेमन्त दर्नालले विस्तृत रुपमा जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *