विधायक भोटियाले एडीसी कार्यालय र ग्राम प्रशासन केन्द्र उद्घाटन गरे

Untitled-1-copy-57

नाम्चीः ग्रामीण विकास विभाग अन्तर्गत राभाङलामा एडीसी- विकास कार्यालय र ग्राम प्रशासन केन्द्र, क्यूजिङ बखिम जीपीयूको उद्घाटन गरिएको छ। उक्त पूर्वाधारहरूको उद्घाटन आज बर्फुङ निर्वाचन क्षेत्रका विधायक टीटी भोटियाको बाहुलीद्वारा गरियो।

उद्घाटन कार्यक्रममा ग्रामीण विकास विभाग आयुक्त एवं सचिव डी. आनन्दन, पञ्चायति राज निदेशक तेन्जिङ डेन्जोङ्गपा, सीईसी उपाध्यक्ष लोब्साङ भोटिया, राज्य महिला आयोगकी सदस्या टेनी डोमा भोटिया तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।राभाङलाको एडीसी- विकासको नयॉं कार्यालय भू राजस्व एवं आपदा प्रबन्धन विभागको मर्मत गरिएको भवन रहेको तथा ग्राम प्रशासन केन्द्र, क्यूजिङ बखिम जीपीयू पर्यटन एवं नागरिक उड्डयन विभाग अधीनस्थ सरकारी भवन रहेको बताइएको छ। मुख्य अतिथि विधायक भोटियाले सम्बन्धित सबैलाई बधाई दिॅंदै सरकारका महत्वपूर्ण कार्यक्रमहरूमाथि प्रकाश पारे। उनले सरकारका योजनाहरूको बारेमा चर्चा गर्न चॉंड़ै निर्वाचनका जीपीयूहरू भ्रमण गर्ने बताए।

About Author

Advertisement