बानरहाट। गोर्खा विभूति सालिक निर्माण समितिको एक सभा आज बानरहाट बजारस्थित गैर सरकारी होटलमा सम्पन्न भयो| उक्त सभामा आज डुवर्सको सात वटा ब्लकका गोर्खा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो| लामो समयको छलफलपछि एक डुवर्सव्यापी रुपमा कमिटी पनि गठन गरेको छ| जसको सभापति सन्दिप छेत्रीलाई चयन गरिएको छ भने महासचिवको निम्ति आज नै कुनै निर्णय नगरिएको कारण सहसचिव तीनजनालाई राखिएको छ|

यसैगरी ३१ जनाको एउटा कमिटी गठन गरिएको छ| आगामी दिनमा यो कमिटीले सालिग निर्माणको निम्ति विभिन्न सरकारी विभागहरूलाई जनाउने अनि फण्ड जमा गरेर आगामी अगस्त महिनादेखि डुवर्सको एलनवारीदेखि कुमारग्रामसम्म सालिग निर्माण गरिने छ भनी सभापति सन्दिप छेत्रीले जनाएका छन्|