क्लक टावरले खरसाङमा शहरको सुन्दरतामा आयो निखार (फोटो फिचर)

00-1-Clock-Tower-1

  नेपाली नयाँ वर्षको अवसरमा खरसाङमा तीन दिने सांस्कृतिक महाकुम्भ हुनेछ

खरसाङ: नेपाली नयाँ वर्ष २०८० लाई स्वागत गर्न खरसाङमा पूर्ण तयारी भइसकेको छl नेपाली नयाँ वर्षकै पूर्वसन्ध्यामा आज खरसाङको मोटर स्ट्याण्डमा जीटीएका मुख्य कार्यपाल अनिता थापाले क्लक टावर उद्घाटन गरेl खरसाङको प्रवेशद्वारमा बनिएको यो क्लक टावरले शहरको सुन्दरतामा निखार आएको छl शुक्रबारदेखि आइतबारसम्म खरसाङमा नेपाली नयाँ वर्षको कार्यक्रम नेपाली सांस्कृतिक उत्सवको सांस्कृतिक महाकुम्भकै रुपमा पालन गरिनेछl स्थानीय मन्टेभियट मैदानमा शुक्रबार वैशाख १ गते अर्थात १४ अप्रेल देखि वैशाख ३ गते (१६ अप्रेल) सम्म गोर्खा सांकृतिक संस्थानको आयोजना नेपाली सांस्कृतिक महाकुम्भ आयोजना गरिनेछl यस अवसरमा नेपाली लोक सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछ भने १६ अप्रेलको दिन ‘गोर्खा सुन्दरी’ प्रतियोगिता सम्पन्न हुनेछl यसका साथै सांस्कृतिक मेलामा मुखमा पानी आउने विभिन्न नेपाली परिकारहरू पनि उपलब्ध हुनेछl नेपाली नयाँ वर्ष मनाउन समग्र खरसाङ शहरलाई रंगीचंगी बत्तीहरूले सिंगारिएका छन्l

             

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *