८ जना अग्नि पीडितहरुको निम्ति मुख्यमन्त्रीले गरे अनुग्रह राशिको घोषणा

IMG-20220612-WA0119.jpg

सोरेङ: मुख्यमन्त्री प्रेमसिंह तामाङले रिञ्चेन्पोङ बजारका ८ जना अग्नि पीडितहरुको लागि अनुग्रह राशि घोषणा गरेका छन्। शनिबार मंगलबारेमा रिवाद्घारा आयोजित एक कार्यक्रममा मुख्यमन्त्रीले उक्त कुराको बताएका हुन्।
स्मरण रहोस्, रिञ्चेन्पोङ बजारमा गत ५ जूनको बिहान आगलागी काण्डमा निम नामग्याल भोटियाको घर आगोले स्वाहा बनाएको थियो। निम नामग्याल भोटिया कै घरबाट सल्किएको आगोले अन्य घरहरूलाई पनि चपेटामा लिएको थियो। मुख्यमन्त्री गोलेले अग्नि पीडित भोटियालाई १० लाख रुपियाँ अनुग्रह राशि सरकारले प्रदान गर्ने घोषणा मंगलबारेमा गरे। यसरी नै अर्का दुईजना अग्नि पीडित विष्णु शर्मा र अशोक गौतमलाई ७-७ लाख रुपियाँ अनि पाँच जना ओङ्देन भोटिया, तुलसी साराहसत, धन कुमार लेप्चा, जीत बहादुर राई र फूर्बा भोटियालाई ५-५ लाख रुपियाँ क्षतिपूर्ति स्वरुप अनुग्रह राशि सरकारबाट प्रदान गरिने मुख्यमन्त्रीले घोषणा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement