एसडीएफका संस्थापक सदस्य एवं पूर्व विधायक दिपक कुमार गुरुङले दिए एसडीएफ पार्टीबाट राजिनामा

IMG-20220612-WA0118.jpg

सोरेङ: एसडीएफ पार्टीका संस्थापक सदस्य साथै पूर्व विधायक दीपक कुमार गुरुङले आइतबार एसडीएफ पार्टीबाट राजिनामा दिएका छन्। हालमा उनी एसडीएफ पार्टीका पश्चिम जिल्ला उपाध्यक्ष प्रभारी थिए। देन्ताम बेगा निवासी पूर्व विधायक गुरुङ तत्कालीन देन्ताम समष्टि (हालमा मानेबुङ-देन्ताम)-बाट २००४ सालमा निर्वाचित भएर सिक्किम विधानसभाका सदस्य बनेका थिए।
राजिनामा पत्रमा एसडीएफ अध्यक्षलाई सम्बोधन गर्दै उनले लेखेका गरेका छन्, “धेरै लामो समयदेखि एसडीएफ पार्टीलाई मेरो जीवनको महत्त्वपूर्ण समय दिए, इमानदारी साथ पार्टीलाई सेवा र टेवा दिए। तर इमानदारिताको कुनै मूल्य, मान्यता र मूल्यांकन अदेखा भएपछि यो मोडमा आएर मैले यो निर्णय लिए। उप्रान्त, आजदेखि पश्चिम जिल्ला उपाध्यक्ष प्रभारी साथै पार्टीको सबै जिम्मेवारी पदसँगै प्राथमिक सदस्यताबाट राजिनामा गर्दैछु।”
पूर्व विधायक गुरुङ अब सत्तारूढ एसकेएम पार्टीमा सामेल हुने उनको करिबी सुत्रबाट थाहा लागेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement