दानपाले अवैध निर्माणहरू विरुद्ध कारवाही नगरे, हामी दार्जीलिङबासीहरूको सुरक्षाको निम्ति न्यायालय जानेछौ: पोर्तेल

IMG-20230413-WA0249.jpg

दार्जीलिङ: दार्जीलिङ नगरपालिकाको बर्तमान बोर्डले निर्माणाधीनमा रहेको साङग्रीला १४ मिटर भन्दा अग्लो विल्डिङ निर्माणको अनुमति कसरी दिए भन्दै पूर्व चेयरम्यान रितेश पोर्तेलले प्रश्न उठाएका छन। उनले अघि भने, हाम्रो पार्टीले आफ्नो गठनकालदेखि नै अबैध निर्माणहरूको विरोध जनाउँदै आएको हो। गत दार्जीलिङ नगरपालिकाको चुनावमा हाम्रो पार्टीले आफ्नो घोषणा पत्रमा अबैध निर्माणहरूको आपति जनाएको थियो। हाम्रो पार्टीको सोच र भिजनलाई नगरबासीहरूले कदर गर्दै दार्जीलिङ नगरपालिकामा बहुमतको बोर्ड गठन गर्ने जनादेश दिएका थिए। दार्जीलिङ नगरपालिकाको हाम्रो पार्टीको बोर्डले आफ्नो घोषणा पत्रमा उलेख रहेका विषयहरूलाई कार्यरूप दिने पहल शुरू गर्दै अबैध निर्माणहरू विरूद्ध कार्यवाही शुरू गरेको थियो। दार्जीलिङ जोन ४ मा पर्ने हुनाले कुनै पनि समय दार्जीलिङमा प्राकृतिक आपदा आउन सक्छ। गत केही महिना अधि उतराखण्ड राज्यको जोशीमठमा भएको घटनाले हाम्रो चेत खोल्न सकेको छैन,तुर्कीमा भएको घटनाले हामीले शिक्षा लिनसकेका छैनौ। जोन ४ मा परेको दार्जीलिङ कुनै पनि समय प्राकृतिक प्रकोपको चपेटमा पर्न सक्छ, सत्ता चौकीमा रहेका नेतृत्वहरूलाई यी विषयहरूमाथि वास्ता छैन, यहाँको ठेकेदारहरूलाई यी विषयहरूमाथि सोच्ने र सम्झिने फुर्सद समेत छैन। उनीहरूलाई केवल पैसा कमाउन बाहेक अरू कसैको चिन्ता छैन, पोर्तेलले भने।पश्चिम बंगाल नगरपालिकाको नियममा ११.५ सम्म अग्लो विल्डिङ निर्माण गर्ने अनुमति प्रदान गरेको छ, तर शहरको नेहरू रोडस्थित निर्माणाधीन साङग्रीला को उच्चाई १४ मिटरभन्दा अग्लो रहेको छ। दार्जीलिङ नगरपालिकाको बर्तमान बोर्डले पालिका नियमलाई ताकमा राखेर यति अग्लो विल्डिङको निर्माण गर्ने अनुमति कसरी दिए भन्दै, पोर्तेलले प्रश्न गरे। गत केही दिन अधि दार्जीलिङ नगरपालिकाको विपक्षी नगरपार्षदहरूले अबैध निर्माणहरू शीध्र बन्द गर्नुपर्ने मांग गर्दै साङग्रीला अधि विरोध प्रदर्शन गरेका थिए तर, दार्जीलिङ नगरपालिकाको बर्तमान बोर्डले यसलाई पनि अनदेखा गरीरहेको पोर्तेलले जनाए।दानपाको विपक्षी नगरपार्षदहरूले राज्यकी मुख्यमंत्री ममता ब्यानर्जी साथै सम्बंधित मंत्रालयलाई अबैध निर्माणहरू शीध्र बन्द गरिनुपर्ने मांग गर्दै पत्रचार गरी सकेको छ।दार्जीलिङमा अबैध निर्माणहरू विरूद्ध कार्यवाही नगरिए, दार्जीलिङ नगरपालिकाको विपक्षी नगरपार्षदहरू दार्जीलिङबासीहरूको सुरक्षाको निम्ति न्यायलय जाने सोच बनाईसकेको पूर्व चेयरम्यान रितेश पोर्तेलले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement