पाकिमः राज्यका शिक्षा मन्त्री केएन लेप्चा, धर्म विभाग मन्त्री सोनाम लामा र विधायक विष्णु खतिवड़ा आज कार्थोक गुम्पामा शे छुक छोर्तेनको उद्घाटन समारोहमा सहभागी बने। समारोह अन्तर्गत चारदिवसीय पूजाको आयोजना गरियो जसको अगुवाई परमपावन काथोक शितु रिम्पोछेले गरे। पूजामा लामाहरू र भक्तजन छोर्तेनको पूजाका साथै विश्व शान्ति पूजामा सहभागी बने। यस अवसरमा जन साधारणको निम्ति पवित्र अवशेषहरू दर्शनको निम्ति प्रदर्शित गरिएको थियो।
पाकिम बजारमाथि अवस्थित काथोक गुम्पाको स्थापना सन् १८४० मा सन्त काथोक कुण्टु जाङ्गपोका वंशज रिन्जिङ छेवाङ नर्बुले गरेका थिए। काथोक लामा ती तीन लामा मध्ये एक थिए, जो सन् १६४२ मा पश्चिम सिक्किमको योकसममा सिक्किमका प्रथम राजा फुन्सोक नामग्यालको राज्याभिषेक समारोहमा सहभागी बनेका थिए। गोर्खा युद्धको समय उनका वंशजले वर्तमान स्थानमा स्थानान्तरित गरेका थिए। उनीहरूले पाकिम सुरक्षित ठाउॅं पाए जसपछि यहॉं आएका थिए।