अनित थापाको पक्षमा खरसाङको वार्ड नम्बर १७ मा चुनावी सभा सम्पन्न

Ward-No-17

खरसाङ: खरसाङको २९ नम्बर समष्टि खरसाङ गिध्द पहाड़ समष्टिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापालाई जिताउन लगातार रुपमा चुनावी सभा भईरहेको छ। यसै क्रममा आज खरसाङके वार्ड नम्बर १७ मा चुनावी सभा कमल निरौलाको अध्यक्षता र आनन्द गुरुङको सञ्चालनमा सम्पन्न भएको छ। सभामा भागोप्रमो खरसाङ टाउन कमिटीको संयोजक समीरदीप ब्लोन, महकुमा समितिको प्रवक्ता सुवास प्रधान, २९ नम्बर समष्टिको सभापति पेमेन्द्र गुरुङले वक्तव्य राखेका थिए। सभामा भागोप्रमो खरसाङ टाउन कमिटीको सांगठनिक सचिव दिपेन्द्र सेवा पनि उपस्थित रहेका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको प्रवक्ता सुवास प्रधानले यो जीटीए चुनाव क्षेत्रीय रुपमा रहेको जनताको समस्याहरू समाधान गर्नलाई होला यसको लागि हामी जनतालाई लिए सानो सानो सभाहरू गरिरहेको र हामी कर्ममाथि नै विश्वास गर्छौं कर्म नै धर्म हो भनी मान्छौं भनी बताएका छन्। उनले भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले सम्पूर्ण पहाड़लाई नै कार्य गरेर देखाएको छ अनि सम्पूर्ण जनतालाई पनि कर्म गरेर देखाएको कारणले नै यसपालीको जीटीए चुनावमा हामी पूर्णरुपमा जित्छौं भनी आशा व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement